काठमाडौं । सरकारले घरायसी र औद्योगिक ग्राहकलाई बिजुलीको महशुल फरक फरक गर्ने घोषण गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै, उत्पादनमूलक उद्योगलाई विद्युत् महशुलमा थप छुट दिइने उनले बताए ।


