काठमाडौं । बागमती प्रदेश सरकारले राइड सेयरिङलाई कानुनी दायारामा ल्याउने भएको छ ।
आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले पेश गरेको आगामी आर्थिक २०८२/८३ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।
‘राइड सेयरिङ सेवालाई कानुनी दायरामा ल्याई नियमन, गुणस्तर र सुरक्षाको मापदण्ड स्थापित गरिनेछ,’ उनले भनेका छन् ।


