देशभरका सडक अपडेट : ७ वटा एकतर्फी खुले, दुइटा पूर्ण रूपमा बन्द

फाइल तस्बिर ।

काठमाडौं । बाढी पहिरोका कारण अवरुद्ध देशभरका ९ सडकमध्ये २ वटा अझै पूर्ण रूपमा बन्द रहेका छन् ।

नेपाल प्रहरीका अनुसार सोमबार बिहान ११ बजेसम्म भेरी करिडोर र जाजरकोटको चंखिला सडक खण्ड पूर्ण रूपमा बनद रहेका हुन् ।

भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका छलघाटमा आएको बाढीका कारण यो राजमार्ग बन्द भएको हो । त्यस्तै, जाजरकोटको गेडागाड नगरपालिकाका १ चैखलकामा आएको पहिरोको कारण चंखिला सडकखण्ड बन्द भएको हो ।

बाढी पहिरोको कारण अवरुद्ध अन्य ७ सडक भने एक्तर्फी रूपमा खुलेका छन् । प्रहरीका अनुसार पहिरोका कारण अवरुद्ध धनकुटाको रविराके भेडेटार, महेन्द्र राजमार्ग, कालिगण्डकी करिडोर, बेनी जोमसोम र बाग्लुङ-पोखरा सडक एकतर्फी सुचारु भएका छन् ।

त्यस्तै, कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको बर्लबा, जुम्लाको गाउँपालिका चुलचुले (जुम्ला मुगु सडकखण्ड) एकतर्फी यातायात संचालनमा आएको छ ।


Back_to_top