मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसले एबीएस विशेषता उपलब्ध अपाची आरटीआर-१६० सार्वजनिक गरेको छ । कम्पनीले डबल डिस्क भर्सनको मूल्य ८८ हजार १ सय ९९ भारु तोकेको छ भने सिगंल डिस्क भर्सनको मूल्य ८४ हजार ७ सय १० रुपैयाँ भारु तोकेको छ ।
१५९ सीसी सिङ्गल-सिलिन्डर इन्जिन रहेको बाइकले १५.१२ बीएचपी पावरकासाथै १३.०३ एनएम-टर्क उत्पादन गर्छ । आरटीआर १६० को इन्जिनमा फाइभ-स्पीड गियरबक्स दिइएको छ ।
भारतमा लागू हुने नयाँ इमिशन मापदन्डअनुसार विभिन्न कम्पनीले आफ्नो मोडललाई परिमार्जन गर्दैआएका छन् । यो मोडलले होन्डा सीबी हर्नेट-१६० आर, पल्सर १५० र हाेन्डा युनिकर्नजस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ ।
हाल टीभीएस कम्पनीले नेपाली बजारमा समेत आरटीआर-१६० को नन्–एबीएस भर्सनको बिक्री–वितरण गर्दैआएको छ । यदि एबीएससहितको बाइक नेपाल आउने हो भने २० हजार रुपैयाँ हाराहारीमा मूल्य वृद्धि हुनेछ ।


