कोरीयाली कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने

काठमाण्डौ  । अब नेपालमा गाडी एसेम्बलिङ हुने भएको छ । दक्षिण कोरियाली कम्पनीले नेपालमा गाडी एसेम्बलिङ का लागि प्रस्ताव गरेको १०अर्ब वैदेशिक लगानी स्वीकृत भए को छ । 

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले नेपालमा गाडी उत्पादन तथा पाटपुर्जा उत्पादनको लागि कोरियाको मोट्रेक्स कम्पनीले नेपालमा ल्याउन लागेको १० अर्ब ५४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । अब कोरियन कम्पनी नेपाल आएर गाडी बनाउने कारखाना खोल्न सक्ने लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले जानकारी दिए । 

यस्तै लगानी बोर्डको बोर्ड बैठकले यही चैतको १५ र १६ गते नेपालमा हुने लगानी सम्मेलनका लागि विदेशी लगानीकर्तालाई देखाउन ६३ वटा परियोजनाको पनि स्वीकृत गरेको छ । जलविद्युत, पर्यटन, कृषि, पूर्वाधारलगायतका ६३ वटा परियोजना सम्मेलनमा आउने लगानीकर्ताको लागि डेस्कमा राखिने बोर्डले जनाएको छ । 

शुक्रबार स्वीकृत भएका परियोजना लगानी सम्मेलनमा प्रस्तुत गरिने र लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई परियोजनाको विस्तृत विवरण उपलब्ध गराएर सहजीकरण गरिने पनि बोर्डले जनाएको छ । 

यस्तै बोर्डको बैठकले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विकासकर्ता कम्पनी एसएपीडीसी कम्पनीलाई वित्तीय व्यवस्थापनको लागि आउँदो जुन ३० गतेसम्मको म्याद थप्ने पनि निर्णय गरेको छ ।


Back_to_top