काठमाडाै । ओ माइ गड ! कागवेनी माथीको डाँडामा पुगेपछि मुखबाट निस्केको पहिलो शब्द यहि हो । ननिस्कियोस पनि किन बेनीदेखि १०० किलोमिटरको कच्ची सडकको यात्रा पश्चात देखिएको थियो त्यो पिच भएको कालो सडक । सडकको दुई किनारमा रहेको हिउँले तेसमा म्याच गरिरहेको थियो । मानौं कि याँहा भीआईपीको सवारी हुदैछ ।
टोयोटा मोर्टसको नेपालका लागि आधिकारिक वितरकल यूनाइटेड ट्रेडर्स सिन्डिकेटले केहि समय अगाडी मात्रै आफ्नो कम्प्याक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको हो । छोटो समयमा नै नेपाली ग्राहकको मन जित्न सफल भईरहेको टोयोटा रसको प्रदर्शनलाई अझै प्रमाणित गर्न कम्पनीले टोयोटा रस टू मुस्ताङ रोड शोको आयोजना गरेको हो ।

टोयोटा रस टू मुस्ताङको लागि हाम्रो अफिसबाट को जाने भनेर निश्चित भैसकेको थिएन । मार्च ४ अर्थात यात्रा प्रारम्भ हुने अधिल्लो दिन मात्रै म जाने पक्का भएको थियो । म खासै उत्साहित भने थिइन, यसको मतलब यो होनइकि मलाई मुक्तिनाथ यात्रामा जाने मन थिएन । यस कारण म उत्साहित थिइन कि यो लगभग ९०० किलोमिटर यात्रा गाडीमा गर्नु पर्ने थियो । यहा गाडीमा १० मिनेटको यात्रामासमेत मलाई असहजता महशुस हुने गर्छ ।
सपिङ गरियो । झोला प्याक गरियो । ६ दिनको यात्राको लागि आवश्यक सबै सामान प्याक गरेर तयार भइयो । मनमा एउटै कुराको डर थियो गाडीमा कसरी यति लामो यात्रा गर्ने होला ?
अन्तत यात्रा सुरु भयो टोयोटाको प्रधान कार्यालय धुम्वाराहीबाट । यो एसयूभीमा पानीका बोटलहरु राख्न प्रयाप्त स्पेस रहेछ । सबैले एक एक बोटल पानी लियौ । एउटा गाडीमा हामी पत्रकार साथी तिन जना र चालक दाई समेत चार जना भयौ । साथीहरुलाई भनेर मनाइसकेको थिए मलाई अगाडीको सिट चाहिन्छ भनेर । सजिलै मानेका थिए साथीहरुले, यसको एउटै कारण थियो रसको सिटिङ कम्र्फट । अग्ला व्यक्तिहरुलाई समेत यो एसयूभीमा यात्रा गर्न कुनै असहजता महशुस नहुने रहेछ ।

तीन जना मिल्ने साथी एउटै कारमा थियौ गुरुजी खासै नबोल्ने । यात्रामा गफिदैै चुम्लिगटारको सिद्धार्थ होटल पुगेको पत्तो भएन । खाना खाएर यात्रा फेरी अगाडी बढ्यो । सिटबेल्ट बाधेर एक छिन सुतियो । बीच बाटोमा गाडी रोक्दै चिया पिउँदै साँझपख पोखरा पुगियो ।
सडक पिच थियो यात्रामा खासै कुनै असहजता पनि भएन । आरमसँग सुतेर नै पोखरा पुगियो । ९ बजे खाना खाएर होटल फर्किदा एकजनाले भनेको सुनियो बिहान चाँडै नगए ११ बजे बेनीमा र ६ बजेसम्म घाँसामा जाममा परिन्छ । कालिगन्डकी करिडोर विस्तारका कारण यो सडकमा टाइमकार्डमा सडक खुल्ला गरिने रहेछ । बिहान ५ बजे हिड्ने सल्लाह गरेर सुतियो ।
बिहानै ५ बजे हिड्ने तयारी गरियो । सबै जना जम्मा हुदाँ ५ः३० भयो । हामी निस्कियौ लेतेलाइ गन्तव्य बनाएर । संयोग भनौ अहिलेसम्म धेरै पटकको पोखरा यसरी खुलेको मैले देखेको थिइन टोयोटा रसको यात्रामा खुलेको चम्किलो माछापुच्छ्रेको खुलेको रुप नजिकबाट हेर्ने अवसर जुर्यो । सारङकोट पुगेर सुन्दर फेवा ताल हेर्र्दैै पोखरालाई विदाई गरियो ।
मनमोहक दृश्यले फुरुङ्ङ मन र हल्का डर पनि पैदा भइरहेको थियो । पिच सडकमा त रसको यात्रा आरामदायी भइरहेको थियो । अफरोडमा के हुने हो । उकालोमा तान्छ कि तान्दैन होला । मनमा यस्तो प्रश्न उठ्नु नौलो कुरा भने थिएन किनकी रस फोर ह्वील ड्राइफ थिएन । गुरुजीलाई पनि बेला बेला सोधियो तान्छ त गुरुजीको एउटै जवाफ……हेरम !

बिस्तार भइरहेको सडक कतै ग्राभल भएको कतै हिलो कतै पानी जमेको । अफ रोड सुरु भैसकेको थियो अघिसम्म गितमा मग्न हुँदै कार चलाइरहेका गुरुजीको ध्यान अब पुरै सडकमा र गाडीमा थियो । मलाई त एडजस्ट गर्न मिल्ने सिट, खुट्टा राख्न पर्याप्त स्पेस, हेडरेस्ट, आर्मरेस्ट र आरमदायी सिटका कारण अफ रोडमा पनि कुनै अप्ढ्यारो परेन । यसमा अर्को विषेशता के पाइयो भने पछाडि पनि एड्जस्टएबेल इनक्लाइन सिट रहेछ । चिया पिउँदै रोकिदै अगाडि बढियो । म्याग्दीको तातो पानी घुन्ताल भन्ने ठाउँमा खाना खाएर आरामले अगाडि बढियो ।
अब सुरु भयो उकालो अनि साच्चिकै अफरोड । त्यहाँदेखि घाँसासम्मको बाटो निकै कष्टकर थियो । कतै बीच सडकमै ढुङगा कतै ठाडै उकालो । ७ वटा टोयोटा रस बीचमा थियो भने अगाडी र पछाडि टोयोटाकै हाइलक्स थियो । ९ वटा गाडी लहरै हिड्दा बिस्तार भैरहेको सडक धुलाम्मे थियो । सबै विन्डो मिरर बन्द गरेर क्लाइमेट कन्ट्रोल अन गरेपछि गाडी भित्रको वातावरण अनुकुल रह्यो । ठाउँ ठाउँमा रोक्दै रमाईलो गर्दै लेते पुगियो ।
कालोपानी गेष्टहाउसको त्यो भब्य स्वागतले –२ डिग्रीको चिसो पनि फिल भएन । यहाँसम्म आउँदा मनमा रहेको सबै डर भ्रममा परिणत भैसकेको थियो । टोयोटा रसको पफ्र्रमेन्स हामीले सङ्का गर्ने कुनै ठाउँ छाडेको थिएन किनकी अब अगाडिको बाटो बेनीदेखि लेतेसम्मको जस्तो गाह्रो छैन भनेर होटल संचालक अबिनाश गौचन थकालीले जानकारी गराउँदै भनेका थिए कागवेनीसम्म बाटो अफरोड छ तर सजिलो छ, कागवेनीदेखि मुक्तिनाथसम्म पिच सडक हो तर हिउँ धेरै छ जान सकिन्छ सकिन्न थाहा छैन् ।यो कुराले साथीहरुमा सन्नाटा छायो । साथीहरु छलफल गरियो कागवेनीसम्म जाने गाडी गएन भने हिडेर भएपनि मुक्तिनाथ दर्शन गरेरै छाड्ने । 
बिहानको ८ बजे ब्रेकफास्ट लिएर सबै जना लेतेबाट मुक्तिनाथको यात्रा अगाडि बढ्यो । ५ किलोमिटर अगाडि पुगेपछि सुरु भयो कालिगण्डकीको बगर यात्रा । खोलाको बगर आँखाले देखुन्जेल अगाडिसम्म थियो । स्थायी सडक थिएन । जताजता मोटर गुडेको बाटो देखिन्थो त्यतै अगाडि बढ्यो । बगरको बम्पी रोडमा गाडीको रफ्तार पनि उत्तिकै थियो । तर पनि कुनै असहजता भने महशुस भएन । न त कतै गाडी हल्लिएर हात वा टाउको नै साइडमा ठोक्किन्थो । ठाउँ ठाउँमा आउने साना खोला जहाँ बाक्लो ग्राभल जसमा बाइक तथा अरु गाडी फसिरहेको थिए । हाम्रो गाडीलाई अगाडि बढाउन चाकललाई कुनै अप्ठ्यारो परेन । कालिगण्डकी तिरमा रमाउदै फोटो खिच्दै पुगियो जोमसोम ।
खाना खाएर अगाडि बढियो । जति अगाडि गयो त्यति मनोरम दृष्य । न थकान महशुस हुने न भोक नै । सायद पहिलो पटक पुगेर होला । सबै मन्त्र मुग्ध थिए । यसै क्रममा कागबेनी पुगियो । र सुरुभयो टोयोटा रसको अर्को परिक्षण । यहासम्म आइपुग्दा अफरोड राइडमा रसले हामी सबैको मन जितिसकेको थियो । र अर्को परिक्षण थियो हिउँले ढाकिएको पिच सडक । त्यतिमात्र होइन टोयोटा रसको अर्को चुनौति थियो कागवेनी २८०४ मिटर उचाइबाट मुक्तिनाथ ३७१० मिटर चढाइ गर्नु पर्ने । सधै सान्तनै रहने गुरुजी अब झनै शान्त मुद्रामा देखिन्थे ।
सडकको अवस्था यस्तो थियो कि गाडीको पाङग्रामात्र सडकमा टेक्न सक्ने । बीच सडकमा सेताम्मे हिउँ । २२० एमएमको ग्राउन्ड क्लियरेन्सको रसले सहजै मुक्तिनाथको दर्शन गर्यो । हामीलाई पनि सहज यात्राका साथ मुक्तिनाथ दर्शन गराउने वाचा पुरा गर्यो । मन्दिरमा दर्शन गरियो । साझको समयमा हिउँ पर्न सुरु गर्यो । हतार हतार हामी फर्कियौ लेते कालोपानी गेष्ट हाउस ।
अब अर्को यात्रा थियो जोमसोम हुँदै दुम्वा तालको । जोमसोमबाट कालिगण्डकी पुल तरेर ठिनिगाउँ हुदै करिब ३ हजार मिटरमा रहेको दुम्वा ताल हेर्न त्यति सहज बाटो भने थिएन । भिरको बाटो साघुरो र भर्खरै घाम लागेर पग्लिदै गरेको हिउँ । यी सबै पार गरेर हामी जोमसोम लेते, घासा, म्याग्दी, वेनी पोखरा हुदै काठमाडौंसम्मको यात्रा सम्पन गरियो ।
यो अविश्मरणीय यात्राको सारथी थियो टोयोटा रस । साच्नैनै टोयोटाले निर्माण गर्ने गाडीहरु पर्फेक्ट हुन्छ भन्ने सुनेको थिएँ । यो यात्राले टुह्वील डाइभ मात्र रहनुका वाबजुत टोयोटा रस नेपालको कुनै पनि बाटोमा यात्राका लागि उपयुक्त रहेको पुष्टी भएको छ । सायद व्याकह्वील डाइभको विशेषता नै यहि होला ।

