काठमाडौं । सीएफमोटोले नयाँ वर्ष २०८३ मा सार्वजनिक गरेको क्यासब्याक अफरको विजेता घोषणा गरेको छ । कम्पनीले हिजो शनिबार एक कार्यक्रम गरी विजेता घोषणा गरेको हो ।
नयाँ वर्ष २०८३ को अफरमा मोटरसाइकल किनेका भुपेन्द्र राइले नगद १ लाख क्यास ब्याक जितेका हुन् ।
कम्पनीले उक्त स्कीममा सीएफमोटो डुअल २५० मा लागू गरेको थियो भने चैत्र २० गतेदेखि वैशाख ३१ गतेसम्म किन्ने ग्राहकहरूमा लक्की ड्र मार्फत विजेता घोषणा गरेको हो ।
सीएफमोटोका मोटरसाइकल नेपाली बजारमा ऋषि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ । कम्पनीले बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै देशभर आफ्नो सेवा विस्तार गरिरहेको छ ।


