टोयोटाले भन्यो-‘मध्यपूर्वको युद्ध असर बिक्रीमा’

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले मध्यपूर्वको युद्ध असर आफ्नो बिक्रीमा परेको जनाएको छ । कम्पनीले युद्धकै कारण चालु वर्षको नाफा अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले गिरावट आउने अनुमान गरेको छ ।

जापानी कार निर्माताले आफ्नो विश्वका ठूला कार बजारमा अनिश्चितता फैलिएको भन्दै भूराजनीति अस्थिरतासँग आफ्नो ब्राण्ड जुध्नु परिरहेको जनाएको छ । टोयोटाले मध्यपूर्वका देशमा मात्रै वार्षिक ६ लाख युनिट कार बिक्री गर्दै आएको थियो ।

टोयोटाका लेखा प्रमुख ताकानोरी अजुमाका अनुसार अहिलेकै अवस्था रहिरहेको खण्डमा मध्यपूर्वका देशमा आधा मात्रै कार डेलिभरी सम्भव हुनेछ । त्यो भनेको करिब ३ लाख युनिट हाराहारी मात्रै हो ।

टोयोटाले मध्यपूर्वका देशमा र्याभफोर, हाइलक्स, फर्चुनर, ल्याण्डक्रुजर एफजे, कोरोला टुरिङ र प्रोबक्स जस्ता मोडल बिक्री गर्थ्यो । यी मोडलको उत्पादन घटाउनु पर्ने अवस्था आएको छ ।


Back_to_top