काठमाडौं । यामाहाले रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३ सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिक वितरकएमएडब्लू राइड्स प्रालिले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३ सफलतापूर्वक सम्पन्न गरेको हो ।
यामाहा ट्रेनिङ एकेडेमीको छातामुनि रहेर आयोजना गरिएको यस प्रतियोगिताले अग्रपंक्तिमा रहेर कार्यरत जनशक्तिको सीप अभिवृद्धि, उत्कृष्टताको सम्मान तथा भविष्यका लागि अझ सशक्त सेल्स टिम निर्माण गर्ने उद्देश्य राखेको थियो ।
बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्ज गरी पाँच प्रमुख शहरमा आयोजना गरिएको थियो । जसले मेचीदेखि महाकालीसम्मका प्रमुख व्यापारिक क्षेत्र समेटेको थियो ।
त्यसैगरी, सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न गरिएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।
सेल्स स्किल प्रतियोगितामा भएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । पाँचै क्षेत्रबाट बिक्री तथा सेवातर्फका उत्कृष्ट तीन/तीन जना गरी कुल ३० जना फाइनलिस्टहरूले राष्ट्रिय सेल्स स्किल कन्टेस्टमा स्थान सुरक्षित गरेका छन् ।


