आयो एकैसाथ गुडाउन र उडाउन मिल्ने मोटरसाइकल

रोडमा गुडाउँदा गुडाउँदै उडाउन मिल्ने मोरसाइकल बनेको छ । फ्रान्सेली अटोमोबाइल कम्पनी लाजारेथले यस्तो मोटरसाइकल बनाएको हो । यो मोटरसाइकल सामान्य मोटरसाइकल जस्तै सडकमा गुडाउन सकिने र हेलिकप्टर झैं उडाउन समेत मिल्छ । 

कम्पनीले उक्त मोटरसाइकलको नाम एलएमभी ४९६ राखेको छ जुन एलएम ८४७ बाट प्रभावित रहेको छ । यो उड्ने क्षमता भएको मोटरसाइकलको मुख्य विशेषता भनेको यो ६० सेकेन्ड अर्थात १ मिनेटमै फ्लाइट मोडबाट उडान गर्न सक्ने छ । 

कम्पनीले उक्त मोटरसाइकल हालै मात्र सफल परिक्षण गरेको जनाएको छ । 

उड्ने यो मोटरसाइकलमा के छ खास ?

यो मोटरसाइकलमा चारवटा पंग्रा रहेको छ । एलएमभी ४९६ मा ५.२ लिटर भी८ इन्जिन रहेको छ । यो इन्जिन मासेरातीको कारमा समेत प्रयोग हुँदै आएको छ । लाजारेथ एलएमभी ४९६ ले ९६ हजार आरपीएम दिन्छ जसमा जेटकट जेट टर्बाइन रहेको छ । मोटरसाइकलमा भएको हाइड्रोलिक एक्वाटरले चारवटा पांग्रा माथि लग्न मद्दत गर्ने छ । 

मोटरसाइकलको च्यासिसको बीचमा २ वटा एक्स्ट्रा जेट रहेको छ जसले थप भार बोक्न सहयोग गर्नेछ । 

हावामा २४० किलोसम्म तौल बोक्न सक्ने

यो मोटरसाइकल ६० सेकेन्डमा फ्लाइङ मोडमा गइ उड्न सक्ने दाबी कम्पनीको छ । मोटरसाइकलमा भएको एउटा बटम थिचेपछि फ्लाइङ मोडमा जान्छ । यो मोटरसाइकल जम्मा १४० केजीको छ भने यसले हावामा २४० किलोसम्म भार बहन गर्न सक्छ । 

कम्पनीले दुबईको अटो शोमा यो मोटरसाइकल सार्वजनिक गर्ने छ । यो मोटरसाइकलको मूल्य करिब ६ करोड १४ लाख रुपैयाँ पर्नेअनुमान गरिएको छ । 


Back_to_top