एमजीका गाडी किन्दा ४ लाखसम्म नगद छुट पाइने

काठमाडौं । एमजीले ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ स्कीम सार्वजनिक गरेको छ । नेपालमा एमजीका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठको अवसरमा उक्त विशेष अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका विद्युतीय गाडीहरू खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

साथै, ग्राहकले निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर पनि पाउने कम्पनीले जनाएको छ । यसमा शर्तहरू लागू हुनेछ ।

हाल नेपालमा एमजीका एमजी फोर ईभी, एमजी कमेट ईभी, एमजी जेडएस ईभी, एमजी एस फाइन ईभी, एमजी विन्डसर ईभी र एमजी आइएम सिक्स ईभी उपलब्ध छन् ।

प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले अहिले एमजी घर ल्याउने उत्तम अवसर रहेको बताए । ‘पर्वहरू खुसी, एकता र उत्सवको समय हो । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौं । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो,’ उनले भने ।

यो अफर भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथली शोरूममा उपलब्ध हुनेछ ।


Back_to_top