सुजुकी जिक्सर एबीएससहित नेपालमा सार्वजनिक, यस्तो छ मूल्यमा फरक

काठमाडाै‌ । सुजुकी बाइक तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक भीजी सुजुकीले जिक्सर एबिएससहितको मोडल भित्र्याएको छ । जिक्सरको नेपाली बजारमा राम्रो उपस्थिती रहेको छ ।

कम्पनीले जिक्सर एसपीलाई सिगंल च्यानल एबिएससहित बजारमा ल्याएको हो । कार्वोरेटर इन्जिन रहेको यो बाइकको मूल्य २ लाख ९९ हजार ९०० रहेको कम्पनीले जनाएको छ । यो बाइक नेपाली बजारमा एक मात्र कलरमा उपलब्ध रहेको छ ।

सुजुकी जिक्सरमा १५५ सीसी सिगंल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । जसले ८ हजार आरपीएममा १४‍.६ बीएचपी पावर तथा ६ हजार आरपीएममा १४ बीएचपी टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकको १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । १२ लिटरको फ्यूल ट्याङक दिइएको यो बाइकले ४५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । जिक्सरमा फ्रन्टमा २६६ एमएमको तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । यसको फ्रन्टमा १७ इन्चको अलाय ह्वील रहेको छ ।

हाल नेपाली बजारमा उपलब्ध रहेको नन् एबीएसको मूल्य २ लाख ७६ हजार ९०० रहेको छ भने एबीएस भर्सनको मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । नन् एबीएस भन्दा एबीएस भर्सन २३ हजार धेरै रहेको छ ।


Back_to_top