काठमाडाैंका नदी माथि यूनीक रोप-वे बस संचालन ल्याउँदै महानगर !

काठमाडौं । काठमाडौं महानगरपालिकाले यूनिक रोप वे-बस सञ्चालनमा ल्याउने योजना बनाएको छ । महानगरले बागमती खोला माथिबाट रोप-वे मार्फत बस सञ्चालन गर्ने जनाएको हाे । 

नगर कार्यपालिका तथा शहरी सुव्यवस्थापन विभाग प्रमुख हरीबहादुर कुँवरका अनुसार हालै मात्र सो योजनाका लागि प्रस्ताव आएको हो । उक्त योजना अनुसार रोप-वे बस बनाउँदा प्रतिकिलो मिटर ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  

‘समुन्द्र नहुँदा नहुँदै त हामी पानी जहाज गुडाउने सपना देखेका छौँ, रोप-वे बस  गर्यो भने सम्भव हुने कुरा हो, सुरुमा खर्च बढी लाग्ला त्यो फरक कुरा हो,’ कुँवरले मेरोअटोसँग भने । 

आयोजन फाइनान्सियल कन्सलटेन्टका रूपमा काम गर्दै आएका भाषकर ठाकुरका अनुसार नेपालमा रोप-वे बस सञ्चालन मेट्रो रेल ल्याउने भन्दा सजिलो र सस्ताे प्रिविधि हाे । उनले बागमती खोलाको माथि रोप-वे निर्माण गरिने र हावामै बस सञ्चालन गर्न सकिने बताए ।

‘ हामी स्मार्ट सिटिको, स्मार्ट निर्माणको गुरा गर्दै छौँ, त्यसमा रोप-वे बस अझ बढी स्मार्ट र यूनीक हो,’ ठाकुरले मेरोअटोसँग भने । 

रोप-वे बस डिफडियर कमपनीले निर्माण गर्दै आएको छ । हाल यस्तो बस अस्ट्रिया र भारतका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् ।  

‘मेट्रो रेल सञ्चालन गर्न साढे ३ सय करोड रुपैयाँ प्रति किलोमिटर खर्च हुन्छ भने, राेप-वेले त्यसको आदि रकम बचत गर्छ’ ठाकुरले भने । उनले नेपालसँग  थुप्रै नदी रहेकाले यसलाई सञ्चालनमा ल्याउन जमिनकाे समस्या नहुने बताए । 

रोप-वे सञ्चालनमा आयो भने बागमती, विष्णुमती लगायतका खोलाहरुको माथिबाट तार लगाएर बनाइने छ । त्यसमा यात्रु झार्ने तथा चढाउने स्थान ठाउँ–ठाउँमा बनाउनु पर्नेछ । डाउन फ्लोर निर्माण भएका ठाउँमा यात्रुहरुलाई झार्ने र चढाउने निश्चित गरिने छ । 

यसरी निर्माण गरिएको रोप-वे बसमा १ सय जनादेखि डेढ सय जनाले एक साथ यात्रा गर्न सक्ने ठाकुर बताउँछन् । 


Back_to_top