दुई सातापछि नयाँ इलेक्ट्रीक कार देखाउँदै हुन्डाई

काठमाडौं । हुन्डाईले दुई सातापछि नयाँ इलेक्ट्रीक कार अनभिल गर्ने भएको छ । हुन्डाईले सेप्टेम्बर ९ देखि १४ सम्म आयोजना हुने म्युनिख मोटर शोमा अनभिल गर्ने कारको टिजर इमेज सार्वजनिक गरेको हो ।

हुन्डाईले म्युनिख मोटर शोमा नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट देखाउने अनुमान गरिएको हो । हुन्डाईले देखाउने नयाँ कार कन्सेप्टको नाम आयोनिक २ हुने सम्भावना रहेको छ । यो कारको प्रडक्सन भर्सन भने छिट्टै लन्च हुन लागेको कियाको ईभी २ को ट्विन्स हुने सम्भावना रहेको छ ।

हुन्डाईको नयाँ कन्सेप्ट फरवार्ड थिङ्किङ भर्सन आधारीत रहेको आर्ट अफ स्टील डिजाइन ल्याङ्वेजमा आधारित हुनेछ । यो डिजाइन ल्याङ्वेज यस अघि हुन्डाईको नयाँ सान्ता फेमा देखिएको थियो ।

हुन्डाईले देखाएको टिजर इमेजमा कारको कुनै भाग नदेखाए पनि रियर स्पोइलरको लिप र फ्रन्टको पातलो एलईडी लाइटबार देखिएको छ । यो ईभीको टेस्टिङका क्रममा देखिएका तस्बिरहरूको आधारमा यसको साइज क्रसओभर डिजाइन सहितको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ ।

हुन्डाईको नयाँ इलेक्ट्रीक कन्सेप्ट हुन्डाई ग्रुपको ईजीएमपी प्ल्याटफर्ममा बनेको छ । यो ईभीमा ५८.३ र ८१.४ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ भने यसको डब्लूएलटीपी रेन्ज ४३० र ६०० किलोमिटरसम्म रहनेछ ।

दुई साइजको ब्याट्रीप्याक भए पनि यो कारमा १५० किलोवाटको मोटर रहेको छ । कम्पनीले यो क्रसओभर ईभी सन् २०२६ को तेस्रो क्वाटरमा लन्च गर्ने अनुमान गरिएको छ ।


Back_to_top