काठमाडौं । मोरिस ग्यारेज (एमजी) को सेमी सोलिड स्टेट ब्याट्रीप्याक प्रयोग भएको नयाँ एमजी फोर सार्वजनिक गरेको छ ।
एमजीले आजदेखि सुरू भएको ‘२०२५ छेन्दु अटो शो’मा ५ भेरियन्टमा नयाँ एमजी फोर सार्वजनिक गरेको हो । जसमा माथिल्लो भेरियन्टको रुपमा सेमी सोलिड स्टेट ब्याट्रीप्याक भएको नयाँ एमजी फोर रहेको छ ।
कम्पनीले सेमी सोलिड स्टेट ब्याट्रीप्याक भएको एमजी फोरको मूल्य १४ हजार अमेरिकी डलर तोकेको छ । यो ईभी डेलिभरी वर्षको अन्त्यबाट हुने अपेक्षा गरिएको छ।
कम्पनीले सार्वजनिक गरेको अन्य भेरियन्टमा भने लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले नयाँ एमजी फोरको सुरूवाती मूल्य ९,५६० अमेरिकी डलर तोकेको छ।
एमजी फोर एसएआईसी ग्रूपको ईथ्री प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यसको लम्बाइ ४,३९५ एमएम, चौडाइ १,८४२ एमएम र उचाइ १,५५१ एमएम छ, जसको ह्वीलबेस २,७५० एमएम छ। एमजी फोर ले ५३० किलोमिटरको अधिकतम सीएलटीसी माइलेज प्रदान गर्दछ । यो ईभीर्लाइ मात्र २० मिनेटमा ३० देखि ८० प्रतिशत फास्ट चार्ज गर्न सकिन्छ ।
एमजी ४ को क्याबिनमा डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर र सेन्टर इन्फोटेनमेन्ट स्क्रिन गरी दुईवटा स्क्रीन रहेको छ। यसमा १०.२५ को क्लस्टर र १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन पाउन सकिन्छ रहेको छ । एमजी फोर मा ओप्पो एक्स स्मार्ट कनेक्टिभिटी रहेको छ यसको कनेक्टीभिटीलाई क्वालकमको स्न्याप ड्रागन ८१५५ चिपको पावर दिएको छ ।

एमजी फोर मा १२ अल्ट्रासोनिक रडारहरू, चारवटा सराउण्ड भ्यू क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराको साथ ड्राइभर असिस्ट सिस्टम रहेको छ । होरिजनको जर्नी जेसिक्स ई चिप रहेको यो कारमा लेन किपिङ असिस्ट, लेन क्रस असिस्ट र इन्टेलिजेन्ट पार्किङ सिस्टम जस्ता फिचरहरू रहेको छ ।
एमजी फोर मा १२० किलोवाट सिक्स इन वान इन्ट्रीग्रेटेड इलेक्ट्रीक मोटर रहेको छ । जसले १६१ हर्सपावर र २५० एनएम टर्क उत्सर्जन गर्दछ । यो कारको उच्चतम गति १६० किलोमिटर प्रतिघण्टाको रहेको छ ।
यो ईभीमा ४२.८ र ५३.९ किलोवाट अवारको ब्याट्रीप्याकको अप्सन रहेको छ । यो ब्याट्रीले क्रमशः ४३७ किलोमिटर र ५३० किलोमिटरको रेन्ज प्रदान गर्दछ। दुवै ब्याट्रीप्याकले फास्ट चार्जर सपोर्ट गर्छ ।
१० हजार अमेरिकी डलरभन्दा कमको सुरूवाती मूल्य र सेमी सोलिड स्टेट ब्याट्रीको प्रयोगले नयाँ एमजी फोरले कम्प्याक्ट ईभी बजारमा प्रतिस्पर्धी मोडलहरूलाई मूल्य र प्रविधिमा कडा टक्कर दिने अनुमान गरिएको छ ।
नेपाली बजारमा पारामाउन्ट मोटर्सले हाल एमजी फोर बिक्री गरिरहेको छ । कम्पनीले चीनमा सार्वजनिक भएको नयाँ एमजी फोर पनि नेपाल ल्याउने निश्चित जस्तै छ ।

