एथरको नयाँ स्कुटर ‘एपेक्स ४५०’मा कारमा हुनेभन्दा एडभान्स फिचर

काठमाडौं । भारतीय दुईपाँग्रे इलेक्ट्रीक स्कुटर निर्माता एथर इनर्जीले आफ्नो नयाँ फ्यागसिप इलेक्ट्रीक स्कुटर ‘एथर एपेक्स ४५०’ को लागि नयाँ क्रुज कन्ट्रोल फिचर तयार पारेको छ ।

कम्पनीले तयार पारेको यो नयाँ क्रुज कन्ट्रोल आधुनिक कारमा हुनेभन्दा पनि एड्भान्स रहेको एथरका सीईओ तरुन मेहताले बताएका छन् ।

अहिले भएको कुज कन्ट्रोल एक सीमित गतिमा एक्टिभेट गरेर चलाएपछि ब्रेक वा थ्रोटल एक लिएपछि क्रुज कन्टोल आफैं ‘डी एक्टिभेट’ हुन्छ ।

एथरले तयार पारेको नयाँ क्रुज कन्ट्रोल ले ब्रेकिङ वा एसेलेरेशन गरे वा ब्रेकिङ गरे पनि क्रुज कट्रोलले काम गर्ने छ । एथर सीईओका अनुसार १० किलोमिटर प्रतिघण्टाको स्पीड पनि यो क्रुज कन्ट्रोलनले काम गर्छ ।

एथर एपेक्स ४५० स्कुटर कम्पनीले आफ्नो १० वर्ष पूरा भएको अवसरमा लिमिटेड एडिसनको रूपमा तयार गरेको स्कुटर हो । यसको मूल्य १ लाख ८९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकिएको छ ।

नयाँ टेक्नोलोजी, नेगेटिभ थ्रोटल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पूरा एलईडी लाइट, ट्रान्सपरेन्ट प्यानल, र्याप प्लस राइडिङ मोड यसको मुख्य विषेशता हुन् । जसले गर्दा स्कुटरको डिजाइन लुक्स निकै आकर्षक देखिन्छ । एथरको एपेक्स स्कुटरको पर्फमेन्स पनि निकै राम्रो पाउन सकिन्छ ।

यसमा ७ किलोवाटको पीएमएस मोटर दिइएको छ । यस मोटरले २६ एनएमको पिक टर्क जेनेरेट गर्नेछ भने टप स्पीड १०० किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ ।

एथरको अन्य स्कुटरको तुलनामा यसको पावर बढी रहेको छ । एपेक्सले मात्रै २.९ सेकेण्डमा ० देखि ४० किलोमिटरको स्पीड भेटाउँछ ।


Back_to_top