आयोनको दशैं अफरः ९ लाखसम्म छुट, डेलिभरी पनि तत्कालै

काठमाडौं । नेपालको लागि जीएसी आयोनको आधिकारीक बिक्रेता सिजी मोटर्सले ‘दशैंको बहार, आयोनको उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजनामा सबै मिलाएर ९ लाख रुपैयाँसम्मको छुट उपभोक्ताले पाउने भएका हुन् ।

यस योजना अन्तर्गत आयोनका सवारी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्जमा आकर्षक बोनस, एक आर्थिक वर्षको वार्षिक कर कम्पनीले नै तिर्नेछ । साथै, एक वर्षको अटो प्लस बीमा, ६.६ किलोवाटको घरायसी चार्जर तथा गाडीको लागि आवश्यक पर्ने विभिन्न सामग्री निःशुल्क दिने जनाएको छ ।

योजनाको मुख्य आकर्षण तत्कालै ग्राहकले गाडी पाउने छन् । उपलब्ध मोडल अनुसार ग्राहकले लामो समय कुर्न नपर्ने गरी नयाँ आयोन घर लैजान सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दशैंको अवसरमा सार्वजनिक गरिएको यो योजनाले विद्युतीय सवारी खरिदलाई थप सहज र किफायती बनाउने कम्पनीले विश्वास लिएको छ । नयाँ अफर योजना आयोनका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछन् ।


Back_to_top