होण्डाका कारमा १० लाखसम्म छुट पाइने, कर र बीमा पनि फ्री

काठमाडौं । होण्डाका कार खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘फेस्टिभ अफर होण्डाको सफर’ नामक योजनामा उक्त छुट पाइने भएको हो ।

कम्पनीका अनुसार ग्राहकले यो फेस्टिभ सिजनमा होण्डाका कुनै पनि नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्म आकर्षक नगद छुट पाउने छन् ।

साथै, ग्राहकले नयाँ कार खरिदमा १ आर्थिक वर्षको सडक कर र १ आर्थिक वर्ष फुल इन्स्योरेन्स निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ र १ वर्षको लागि निःशुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकले अन द स्पट एक्सचेन्ज सुविधा पाउने छन् । साथै आकर्षक एक्सचेन्ज बोनस समेत पाउने कम्पनीले जनाएको छ ।

नयाँ गाडी खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज र एनआइसी एसिया बैंकबाट सस्तो ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार यो फेस्टिभ अफर आज (असोज ९)देखि कात्तिक ३० गतेसम्म होण्डाका देशभरका शोरुमहरूमा लागू हुनेछ । नेपालमा होण्डाका उत्कृष्ट कारहरू होण्डा सीआर, एलिभेट, सिटी, सिटी हाइब्रिड लगायत उपलब्ध छन् ।

ग्राहकहरूको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याइएको कम्पनीको भनाइ छ ।


Back_to_top