हुन्डाईको चर्चित कम्प्याक्ट कार भेन्यूको तस्विर सार्वजनिक भएको छ । हुन्डाईले क्युएक्सआई कोडनेममा निर्माण गरेको भेन्यूमा स्प्लिट हेडल्याम्पको डिजाइन दिएको तस्बिरमा देख्न सकिन्छ ।
कारको फ्रन्ट साइडमा उपलब्ध क्यासकेडिङ ग्रिलले भेन्यूलाई थप स्पोर्टी बनाएको कम्पनीको विश्लेषण छ । यो कारको आकार हुन्डाई क्रेटा भन्दा केही सानो रहेको जनाइएको छ ।
हुन्डाई भेन्यू तीन इन्जिन अप्सनमा उपलब्ध हुनेछ । १.४ लिटर पेट्रोल इन्जिनले ९९ बीएचपी पावर दिन्छ । डिजेल इन्जिनयुक्त भेन्यू पनि १.४ लिटरमै उपलब्ध हुनेछ जसले ८९ बीएचपी पावर दिन्छ । त्यस्तै १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा समेत आउने छ ।

एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्ने ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सनरुफसमेत रहेको छ ।

यो कारमा डियूल फ्रन्ट एयरब्याग, एबीएस वीथ इबीडी र रेयर पार्किङ सेन्सर उपलब्ध रहेको छ । कम्पनीले अप्रिल १७ मा यसलाई विश्वबजारमा सार्बजनिक गर्ने तयारी गरिरहेको छ । यसको नेपाली बजारमा आधिकारीक बिक्री नाडा अटो शो २०१९ बाट सुरु हुने अनुमान गरिएको छ । नाडा अटो शो आगामी भदौं १० देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुनेछ ।


