आयो नयाँ जनेरेशन मारुती सेलेरियो १.२ लिटर पेट्रोल इन्जिनमा

मारुती सुजुकीले सेलेरियो १.२ के सिरीज पेट्रोल इन्जिन उपलब्ध गराएको छ । बलेनो, स्विफ्टमा समेत उपलब्ध सो पेट्रोल इन्जिन भारतमा लागु हुने नयाँ प्रदूषण मापदन्ड अनुरुप रहेको कम्पनीले जनाएको छ । 

सेलेरियोमा उपलब्ध इन्जिनले ८३ बीएचपी पावरका साथै ११३ एनएम टर्क उत्पादन गर्छ । यसमा म्यानुअल र एएमटी टान्समिसनको विकल्प दिइएको छ । इन्टेरियरमा स्मार्ट प्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्टान्र्डड सुरक्षाका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले २०१९ वागेन आरमा समेत १.० लिटर के सिरीजको इन्जिन लगाएको छ । जसले ६७ बीएचपी पावरका साथै ९० एनएम टर्क उत्पादन गर्छ । पेट्रो भर्सनको नयाँ सेलेसियोमा पाँच स्पिड म्यानुअल र एएमटी गियरबक्स लगाइएको छ । 

मारुतीले सन् २०१४ को अटो एक्सस्पोमा सेलेरियोबारे जानकारी गराएको थियो । स्मल ह्याचब्याकको रुपमा बजारमा आउने भएको योे मोडलले हुन्डाई स्यान्ट्रो, टाटा टियागो र रेनो क्विडसंग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 

कम्पनीले गत वर्षको जुलाइ सम्ममा लाइनअपमा रहेका १५ मोडल मध्ये ९ मोडल सार्वजनिक गरिसकेको छ । 


Back_to_top