काठमाडौं । नेपाल बैंकका कर्मचरी र ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
नेपाल बैंक र नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बीच विशेष छुट सम्बन्धी स्म्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलकाका महाप्रबन्धक दीपक थपलियाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार हुन्डाईका देशभरका शाखाहरूबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने छन् ।
साथै, हुन्डाईका गाडी गर्दा गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको विशेष छुट बाहेक थप ५० हजारदेखि ८१ हजार रुपैयाँसम्म छुट पाउने छन् ।


