एकैदिन टाटाका १५० गाडी डेलिभरी

काठमाडौं । बिहीबार (आज) एकै दिन टाटाका १५० युनिट गाडी डेलिभरी गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्वकर्मा पूजाको अवसरमा देशभर १५० युनिट गाडी डेलिभरी गरेको हो ।

विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० टाटा गाडीको डेलिभरी दिएको हो ।

सिप्रदीका अनुसार नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभीसँगै आइस मोडल डेलिभरी गरिएको हो ।

आज डेलिभरी पाउने अधिकांश ग्राहक गत नाइमा मोबिलिटी एक्सो र नाडा अटो शोमा बुकिङ गरेकाहरु रहेको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी प्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको भनाइ छ ।

विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन नेपालभर ठूलो संख्यामा टाटा गाडी डेलिभरी हुनु नेपाली बजारमा टाटा मोटर्सप्रति ग्राहकको निरन्तर विश्वास र रुचिको संकेतका रूपमा समेत लिइएको छ । सिप्रदी ट्रेडिङले ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, सुविधा र विभिन्न आवश्यकता अनुरूपका सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ ।

विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको दिनमा नयाँ गाडी घर भित्र्याउने परम्पराले डेलिभरी कार्यक्रमलाई थप विशेष बनाएको थियो ।


Back_to_top