यस्तो देखियो मोडिफाइड यामाहा आर १५ भीथ्री

काठमाडौं । यमाहाले गत जनवरिमा डबल च्यानल एबीएस विशेषता सहित सार्वजनिक गरेको आर १५ भीथ्री मोडिफाइ गरेको छ । १५० सीसी स्पोर्ट बाइक जस्तै देखिएको यस परिमार्जित मोडल थप स्टनिङ बनेको छ । यो मोटरसाइकलको मोडिफाई ब्यान्डीडज पिटस्पटले गरेको हो । 

मोटरसाइकलको फ्रन्टमा बोल्ट भाइजर, डोमिनेटिङ स्टान्स लगाइएको छ । मोटरसाइकल एयरोडायनामिक डिजाइनमा निर्माण भएको छ । यसमा लगाइएको बोल्ट भाइजरले स्पिड बढाउन मद्धत पुर्याउने उक्त कम्पनीले जनाएको छ । 

विंगलेटको मुनी हेडलाइट लगाइएको छ । एयरो, भी १ र भी २ गरि तीन प्रकारका विंगलेट लगाइएको कम्पनीले जनाएको छ । फ्रन्टमा प्लेट होल्डर, कस्टुम फ्रन्ट किट, आकर्षक हेडलाइट, फ्लश माउन्टेड एलइडी इन्डीकेटर लगातयका विशेषता दिइएको छ । यो मोटरसाइकल मल्टीपल कलर अप्शनमा उपलब्ध छ । बाइकमा आकर्षक फ्रेम लगाइएको छ भने कस्टुम रेडिएटर ग्रिल, एडजस्टेबल लिभर्स, ग्रिप, ६ स्टेप एडजस्टेबललगायतका विशेषता थपिएको छ । 

यसमा रेगुलर मोडलको जस्तै १५५ सीसी क्षमताको फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले १९ बीएचपी पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । 


Back_to_top