भारतीय बजारमा टाटा ह्यारियरले आफ्नो उपस्थिति छोटो समयमै मजबुत बनाएको छ । २०१९ को मार्च महिनामा टाटाले २ हजार ४९२ वटा ह्यारियर बिक्री गरेको छ ।
मार्चमा टाटा ह्यारियरले महिन्द्राको एक्सयूभी-५०० तथा जीप कम्पासलाई कडा चुनौति दिएको हाे । मार्चमा एक्सयूभी-५०० जम्मा १ हजार ९ सय १६ वटा बिक्री भएको छ भने जीपकाे कम्पास जम्मा १ हजार ४ सय ४१ वटा बिक्री भएकाे छ। चाख लाग्दो कुरा के भने बजारमा आएको छोटो समयमा टाटा ह्यारियरले मारुतीको चर्चित एस–क्रासलाई समेत पछि पारेको छ । मार्चमा मारुतीको एस–क्रस २ हजार ४२४ वटा बिक्री भएको छ ।
त्यस्तै हालै मात्र सार्वजनिक भएको निसानको किक्स पनि निक्कै चर्चित थियो तर मार्चमा किक्सको बिक्री जम्मा ७ सय १ वटा मात्र भएको छ । यो सेगमेन्टकै धेरै बिक्री हुने हुन्डाई क्रेटा रहेको छ जुन मार्चमा ११ हजार ४ सय ४८ वटा बिकेको छ ।
टाटा ह्यारियरको माग थप वृद्धि हुँदै जाने आँकलन गरिएको छ । जीपले भारतीय बजारमा नयाँ मोडल ट्रायलहक डिजेल अटोमेटिक मोडल ल्याउने तयारी गरेको जनाएकाे छ । त्यस्तै टाटाकाे ह्यारियर पनि नेपाली बजारमा जेठकाे पहिलाे हप्तासम्म लन्च हुने अनुमान गरिएकाे छ ।


