मोटरसाइकल पुलबाट ५० फिट तल खस्दा दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका-१ को सिमानामा पर्ने बुङ्दल खोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ७ बजे मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३-००५ प ७९८० नम्बरको मोटरसाइकल पुलकनठ बुङ्दलखोलाबाट ५० फिट तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका-२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका-१३ घर भई हेटौँडा उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Back_to_top