आयो महिन्द्राको ग्लोबल मोडल ‘स्कर्पियो लाइफस्टाइलर’ पिकअप

काठमाडौं । भारतीय अटोमोबाइल ब्राण्ड महिन्द्राले बहुप्रतीक्षित लाइफस्टाइल पिकअप ट्रक सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त पिकअप महिन्द्रा ‘स्कर्पियो लाइफस्टाइलर’ नाममा सन् २०२३ मा डेब्यू भएको ‘ग्लोबल पिकअप कन्सेप्ट‘को प्रोडक्सन भर्सन सार्वजनिक गरेको हो ।

यो महिन्द्राको ब्राण्डको ग्लोबल लाइफस्टाइल पिकअप हुनेछ । महिन्द्राले लाइफस्टाइलरको सुरुवाती मूल्य १९.७९ लाख भारु (एक्स शोरुम)भन्दा कम हुने घोषणा गरेको छ । यसको बिक्री भने अप्रिल २०२७ सम्म हुने अनुमान गरिएको छ ।

कम्पनीले यो पिकअप स्कर्पियो एनमा प्रयोग गरिएको ल्याडर फ्रेम च्यासिसमा बनाएको छ । यो भारतस्थित महिन्द्राका प्लाण्टहरूमा निर्माण भई प्रमुख विश्वव्यापी बजारहरूमा समेत बिक्री गरिनेछ ।

उत्पादनका लागि तयार महिन्द्रा लाइफस्टाइलर हेर्दा धेरै हदसम्म ग्लोबल पिकअप कन्सेप्ट जस्तै देखिन्छ । गाडीको अगाडिको भागमा एल आकारको डेटाइम रनिङ लाइट सिग्नेचरसहितको हाइ सेट एलइडी हेडल्याम्प छ।

यसमा कन्ट्रास्टिङ एक्सेन्टसहितको फराकिलो हनिबोम्ब प्याटर्नको फ्रन्ट ग्रिल छ । ग्रिलको माथि बोनेटको छेउमा अंग्रेजीमा स्कर्पियो शब्द लेखिएको छ। आक्रामक बम्परमा अंग्रेजीमा ‘महिन्द्रा’ लेखिएको स्पष्ट स्किड प्लेट, मेश गरिएको एयर इनटेक र ठाडो रूपमा राखिएको एलइडी फग ल्याम्पहरू छन्।

महिन्द्रा स्कर्पियो लाइफस्टाइलर डबल क्याब कन्फिगरेसनमा आउँछ। यसमा अफरोड टायरले बेरिएको डुअलटोन एलोय ह्वील, प्रयोगयोग्य रुफ रेल, प्रमुख साइड बडी क्ल्याडिङ र बलियो बेल्ट लाइन रहेको छ । यसमा पछाडि लामो कार्गो बेड, सी आकारको डेटाइम रनिङ ल्याम्प, ठाडो रूपमा राखिएको एलईडी टेल ल्याम्प र त्यसको बीचमा ठूलो अक्षरमा ‘महिन्द्रा’ लेखिएको छ।

स्कर्पियो लाइफस्टाइलरको क्याबिन महिन्द्राको नियमित एसयूभी भेरियन्टभन्दा बढी फिचरले भरिपूर्ण छ । यसमा एसी भेन्टहरूले घेरिएको पोट्र्रेट ओरिएन्टेड इन्फोटेनमेन्ट स्क्रीन रहने छ । ग्रिलको ठीक मुनि क्लाइमेट कन्ट्रोल प्यानल राखिएको छ । महिन्द्राले धेरै कामका लागि फिजिकल कन्ट्रोलहरू कायमै राखेको छ।

ट्रान्समिसन टनेलमा विभिन्न ड्राइभ मोडहरूका लागि गोलो सेलेक्टर र धेरै फिजिकल कन्ट्रोलहरू छन् । यो थ्री स्पोक स्टेयरिङ ह्वील र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलका साथ आउने छ ।

लाइफस्टाइलरमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डुअल जोन क्लाइमेट कन्ट्रोल, टेरेन मोडहरू र अन्य सुविधाहरू छन्। यो पिकअप डुअल टोन ब्ल्याक र ब्राउन इन्टेरियर थिममा आउने छ ।

महिन्द्राले यसको इन्जिन स्पेसिफिकेसन सार्वजनिक गरेको छैन। नयाँ पिकअप ट्रकमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिन हुने सम्भावना छ । यी इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियर बक्स समावेश हुने छन् ।


Back_to_top