मासिक २८ हजारमै एसयूभी, अफर पनि पाइने

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च एसयूभीको मूल्य घटाएर बिक्री थालेको छ । कम्पनीले नाइमा मोविलिटी एक्स्पोको दौरान साउन २६ गते पन्च ईभी बिक्री थालेको हो ।

सिप्रदीले यसअघि ३९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको थियो । तर, सरकारको नयाँ बजेटपछि नेपाल आएको पन्च फेसलिफ्‌टको टप भेरियन्ट ३७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

कम्पनीले नयाँ पन्च ईभीको मूल्य २ लाख रुपैयाँले घटाएको छ । साथै, नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ गर्ने उपभोक्ताले १ लाख रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । यसरी हेर्दा इन्ट्री भेरियन्ट ३२ लाख ९९ हजारमै किन्न पाइने छ ।

टाटा पन्च ईभीको सुरुवाती भेरियन्ट किन्ने उपभोक्ताले ३२ लाख ९९ हजार रुपैयाँ अफर मूल्य पाउने छन् । उक्त मूल्यको ४० प्रतिशतले हुन आउने १३ लाख १९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ । बाँकी रकम १९ लाख ७९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।

नाइमा मोविलिटी एक्स्पोमा ग्लोबल आईएमई बैंकले ५.२५ प्रतिशत मै अटो कर्जा दिने घोषणा गरेको छ । त्यही दरमा कर्जा लिएर ७ वर्षको मासिक किस्ता तिर्नेगरी योजना बनाउन सकिन्छ । यो अवधि र ब्याजदरमा कर्जा लिँदा मासिक २८ हजार २१० रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

थपियो वारेन्टी

सिप्रदीले फेसलिफ्‌ट पन्च बजारमा ल्याएसँगै वारेन्टी पनि थप गरेको छ । कम्पनीले अटो एक्स्पोमा टाटाको कार बुकिङ गर्ने ग्राहकलाई ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ । यो कम्पनीले दिएको मुख्य अफर हो ।

के छ पन्च ईभीमा ?

नयाँ पन्च ईभीमा ३२.९९ किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा किन्न पाइन्छ । सिप्रदीले ३२.९९ किलोवाट आवरको ब्याट्री भएको पन्चको मूल्य ३३ लाख ९९ हजार तोकेर नाइमा अफर भन्दै १ लाख रुपैयाँ छुट दिएको हो । यो अफर नाइमा मोविलिटी एक्स्पोभरी मात्रै लागु हुने कम्पनीको भनाइ छ ।

ठूलो ब्याट्री भएको मोडल दुई भेरियन्टमा किन्न पाइन्छ । यसको मूल्य ३६ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री हुँदै आएको छ । पन्च ईभी ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्ने भएर आएको छ ।

पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।

नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।

फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।


Back_to_top