यामाहा एफजेड सिरिजमा थपियो नयाँ मोडल

काठमाडौं । यामाहा इन्डियाले एफजेड सिरिजमा नयाँ मोडल थप गरेको छ । कम्पनीले एफजेड सिरिज अन्र्तगत रेभ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले एफजेड भी ३ को अपडेटेड मोडलको रूपमा एफजेड रेभ ल्याएको हो ।

कम्पनीले यसको एक्स शोरुम मूल्य १ लाख १७ हजार भारतीय रुपैयाँ तोकेर छ । यो मोटरसाइकलमा नयाँ डिजाइन हेडलाइट र नयाँ ग्राफिक्सको प्रयोग गरिएको छ । यसको ह्वील पनि नयाँ कलरमा रहेको छ । यसका अलावा मेकानिकल परिर्वतन गरिएको छैन ।

एफजेड रेभमा एसजेड एसकै १४९ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन उपलब्ध छ । यसले १२.४ हर्षपावर र १३.३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ । यो मोटरसाइकलमा १३ लिटरको इन्धन ट्याङ्क, एलइडी डीआरएल, डिस्क ब्रेक एबीएस जस्ता फिचर उपलब्ध छन् ।

 


Back_to_top