जापानीज बाइक तथा स्कुटर निर्माता कम्पनी होन्डाले सीबीआर ६५० भारतीय बजारमा सार्वजनिक गरेको छ ।
होन्डा सीबीआर ६५० मा ६४९ सीसी, लिक्विड कुल्ड, इनलाइन ४ सिलिन्डर इन्जिन जडान गरिएको छ । यो इन्जिनले १२ हजार आरपीएममा ९४ बीएचपीको पावर र ८५०० आरपीएममा ६४ एनएम टर्क जेनेरेट गर्छ ।
होन्डाले २०१९ सीबीआर ६५० दुई नयाँ कलरहरु प्रिक्स रेड र मेट व्ल्याक कलरमा उपलब्ध गराएको छ ।
होन्डा सीबीआर ६५० को फ्रन्टमा ३१० एमएमको ट्विन र यसको रियरमा २४० एमएमको सिंगल डिस्क ब्रेक समावेश रहेको छ । सुरक्षा फिचरमा स्वीचएबल ड्युअल च्यानल एबीएस दिइएको छ ।
२०१९ होन्डा सीबीआर ६५०आरको फ्रन्टमा ४१ एमएमको अपसाइड डाउन फर्क दिइएको छ । सो बाइकको रियरमा प्री–लोड एड्जस्टेबल मोनोशक रहेको छ ।
होन्डाले सीबीआर ६५० को मूल्य ७ लाख ७० हजार भारतीय रुपैयाँ तोकिएको छ ।

