दाङ । पश्चिम नेपालको दाङमा डोङफेङ नयाँ शोरूम खुलेको छ । नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दाङमा स्टेट(अफ(दि(आर्ट डोङफेङ शोरूम संचालनमा ल्याएको हो ।
कम्पनीले राप्ती अटोमार्ट प्रालिसँगको साझेदारीमा उक्त शोरुम संचालनमा ल्याएको हो । यससँगै दाङ आसपासका क्षेत्रहरूमा उन्नत इलेक्ट्रीक मोबिलिटी विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ ।
नयाँ शोरुम उद्घाटनको अवसरमा दाङमा नामी भिगो सार्वजनिक गरिएको छ । डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगो आकर्षक म्याजिक क्युब डिजाइन, शक्तिशाली ९९ किलोवाट मोटर रहेका छ । यसले एकपटको फुलचार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
नामी भिगोमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, र उच्च सुरक्षाका लागि लेभल-२ एडास प्रविधि समावेश छन्।
नामी भिगोमा अल्ट्रा फास्ट चार्जिङ सुविधा छ । जसले मात्र १८ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने क्षमता राख्दछ।
टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरू
कम्पनीले नयाँ शोरुम उद्घाटनको अवसरमा दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरू गरेको छ ।
क्याम्प अवधिभर ग्राहकहरूले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। यससँगै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर सहितको पूर्ण डुअल–चार्जिङ समाधान प्रदान गरिने छ। साथै, ग्राहकले निःशुल्क अटो प्लस बीमा पनि पाउने छन् ।
त्यस्तै, कम्पनीले सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू प्रदान गर्नेछ । सबै मोडेलमा पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन सुनिश्चित गरेको छ । साथै, नयाँ शोरूममा टेस्ट ड्राइभ लिने प्रत्येक ग्राहकले उपहार पाउने कम्पनीले जनाएको छ ।


