काठमाडौं । चीनले एकैपटक १० हजार ८०० युनिट कार बोक्न सक्ने पानीजहाज निर्माण गरेको हो ।
चिनियाँ कम्पनी ग्वाङ्झाउ शिपयार्ड इन्टरनेशनलले दक्षिण कोरियाली कम्पनी एचएमएमका लागि उक्त जहाज निर्माण गरेको हो ।
यो जहाज हालसम्म निर्माण भएका कार बोक्नेमध्ये विश्वकै सबैभन्दा ठूलो हो । यसअघि कार बोक्ने विश्वकै सबैभन्दा ठूलो जहाज अञ्जी लजिस्टिक्ससँग थियो ।जसले एकैपटकमा ९ हजार ५०० युनिट कार बोक्थ्यो ।
ग्वाङ्झाउ शिपयार्डले बनाएको नयाँ जहाजको लम्बाइ २३० मिटर र चौडाइ ४० मिटर छ । १४ तल्ले यो जहाजमा विद्युतीय, हाइड्रोजनबाट चल्ने सवारी साधन र हेभी ट्रकहरू सहजै लोड गर्न सकिन्छ ।
यो जहाज तरल प्राकृतिक ग्यास (एलएनजी) र अन्य इन्धन दुवैबाट चल्छ । साथै, यसले अन्तर्राष्ट्रिय समुद्री संगठनका टियर–थ्री उत्सर्जन मापदण्ड पूरा गर्ने निर्माता जीएसआइले जनाएको छ ।
निर्माण पूरा भएपछि कम्पनीले उक्त जहाज डकबाट समुद्रमा उतारेको छ । चीनबाट कार निर्यात बढ्दै गएकाले यस्ता ठूला जहाजको माग पनि बढेको छ । विशेषज्ञहरूका अनुसार भविष्यमा चीनले अझ ठूला र वातावरणमैत्री जहाजहरू निर्माण गर्ने सम्भावना छ।
हाल एसएआइसी कम्पनीसँग चीनकै सबैभन्दा ठूलो कारवाहक जहाज बेड छ। यसको सहायक कम्पनी अञ्जी लजिस्टिक्ससँग ४१ वटा जहाज छन् । त्यस्तै, बीवाइडीसँग वार्षिक १० हजार बढी सवारी ढुवानी गर्न सक्ने ८ वटा जहाज संचालनमा छन् ।

