काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले नयाँ इलेक्ट्रीक एसयूभीको परीक्षण थालेको छ । कम्पनीले आयोनीक फाइभबाट प्रेरित एलइडी टेल लाइट दिएर ल्याउन लागेको एसयूभी परीक्षणमा देखिएको हो ।
अटोकार इन्डियाले बाहिर ल्याएको तस्बिर अनुसार नयाँ एसयूभी निकै बक्सी डिजाइनमा तयार भएको देखिन्छ । नयाँ एसयूभीमा एमआरएफको टायर र १६ इन्चको ड्यूल टोन अलोय ह्वील देख्न सकिनेछ ।
निकै मस्कुलर लुक्समा तयार भइरहेको अनुमान गर्न सकिने एसयूभीमा फ्लेर्ड ह्वील आर्चहरु, प्लास्टीक बडी क्ल्याडिङ, फ्लश टाइप डोर ह्याण्डल, बाक्लो सी-पिलर, स्टप ल्याम्प र फंकी देखिने रियर स्पोइलर देख्न सकिन्छ ।
फ्ल्याट टेलगेट देखिने एसयूभीको भित्र रहेका फिचरको बारेमा केही जानकारी बाहिर ल्याइएको छैन । तर, रियर भ्यू मिररमा देखिएको नोड्यूलहरुले कारमा ३६० डिग्री क्यामेरा रहने संकेत गरेको रिपोर्टमा उल्लेख छ ।
हुन्डाईले नयाँ एसयूभीको बिषयमा अहिलेसम्म धेरै कुरा बाहिर ल्याएको छैन । तर, कम्पनीले यसअघि नै सन् २०२६ मा प्योर ईभी मोडल भारतमा बिक्री थाल्ने जनाएको थियो । सम्भवत त्यही ईभी मोडल हुन सक्नेछ ।

