७ तस्बिरमा हेर्नुहोस् ‘अल न्यू रेनो डस्टर’

काठमाडौं । रेनो इन्डियाले भारतीय बजारमा अल न्यू डस्टर सार्वजनिक गरेको छ । फ्रेन्च कार निर्माताले उत्पादन बन्द गरेको झण्डै ४ वर्षपछि रेनो डस्टरको अल न्यू जेनेरेसन मोडल ल्याएको हो ।

भारतमा प्रि-बुकिङ खुल्ला भएको नयाँ डस्टर नेपाल पनि आउने सक्ने मोडल हो । कम्पनीले १.० लिटर टर्बो पेट्रोल र १.३ लिटर टर्बो पेट्रोल इन्जिन यसलाई बजारमा ल्याउने भएको हो ।

ठूलो टर्बो इन्जिनसँग म्यानुअल र अटोमेटीक दुबै गियरबक्स अप्सनको रुपमा आउने छ । तर, १.० लिटर इन्जिन भने म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुन्छ ।


Back_to_top