काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनहरूमा अस्वभाविक रुपमा रंगरोगन, स्टीकर, सायरी, झल्लर जस्ता सामग्रीहरू नराख्न अनुरोध गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सबैमा यस्तो आग्रह गरेको हो ।
सवारी साधनमा लेखिएका केही सायरी द्धिअर्थी लाग्ने, मानसिक खलल, हिंसा र विकृत्ति बढाउने खालका भएकाले सडक सभ्यतामा आँच पुर्याउने भएकाले त्यस्तो कार्य नगर्न भनिएको हो ।
साथै, सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई अनुरोध गरेको छ ।
यसैबीच, ट्राफिक प्रहरीले सवारी साधनमा अस्वभाविक रङरोगन गर्ने, स्टिकर टाँस्ने, सायरी लेख्ने सार्वजनिक सवारी साधनलाई प्रचलित कानुन बमोजिक कारबाही गर्न थालेको छ ।
विभिन्न स्थानमा चेकजाँच गरी त्यस्ता सवारीलाई कारबाही अभियान चलाएको हो ।

