काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर हटाएर भए पनि नागरिकलाई राहत दिनु पर्ने बताएकी छिन् ।
सोमबार संसदको विशेष समयमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।
सांसद ओलीले भनिन्, ‘मध्यपूर्वको युद्धको चपेटा हाम्रो भान्साहरुमा पर्न थालेका छन् । यसले नागरिकको दैनिकीमा समस्य पर्न थालेको छ । त्यसैले सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाएर भएपनि राहत दिनु पर्छ ।’
अहिले भइरहेको सवारीसाधनको भाडा र हवाई भाडा अस्वभाविक भएको कारण त्यसलाई रोक्नु पर्ने ओलीको धारणा थियो ।
खाडीमा चलिरहेको युद्धको कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएको छ । पछिल्लो दुई सातामा नै पेट्रोलको मूल्य ४३ रुपैयाँभन्दा बढीले बढेको छ ।


