५० लाखभन्दा कम मूल्यका ४ मिड साइज एसयूभी, कुन छान्ने ?

काठमाडौं । नेपाली बजारमा ईभीको प्रवेशसँग क्रसओभर कम्प्याक्ट एसयूभी सेग्मेन्ट तीव्र्र गतिमा विस्तार हुँदै गएको छ । सुरूमा ६० लाख हाराहारी मूल्यका ईभीमा बढी आकर्षण देखिएकोमा अहिले ५० लाख रुपैयाँ हाराहारी मूल्यका एसयूभीमा बढी ग्राहक झुम्मिएका छन् ।

नेपालमा बिक्री थालेको छोटो समयमा नै बीवाइडी एटो टुले पाएको सफलता नयाँ बेन्चमार्क बन्न पुगेको छ । साथै, एमजी एस फाइभले पाएको सफलता र नामी भिगो प्रति ग्राहकले देखाएको विश्वासको कारण कम्प्याक्ट एसयूभीमा मूल्य धेरै हाबी भएको अनुमान गर्न सकिन्छ ।

कम मूल्यमा नै फिचर लोडेड कार उपलब्ध भएको कारण उपभोक्ताले ईभीमा ५० लाखभन्दा कम मूल्यकै गाडी खोज्न थालेको पाइन्छ । त्यस्तै, यसअघि करोड रुपैयाँ मूल्य पर्ने पेट्रोलियम पदार्थबाट चल्ने कारमै भएको फिचरहरू ५० लाखभन्दा कम मूल्य तिर्दा नै पाइने भएको कारण उपभोक्ताको आकर्षण बढेको हो ।

बजारमा उपलब्ध यी तीन बाहेक प्रोटोन इमास सेभेनको इन्ट्री भेरियन्ट पनि ५० लाखभन्दा कम मूल्यमा पाइने भएको कारण हामीले बीवाइडी एटो टु, एमजी एस फाइभ, नामी भिगो र प्रोटोन इमास सेभेनको बीचमा तुलना गरेका छौं ।

ब्याट्री र मोटर

तपाईं पावर र रेन्ज मात्रै हेरेर यी ४ मध्ये कुनै एउटा गाडी छनोट गर्ने योजनामा हुनुहुन्छ भने त्यसले खासै महत्व राख्ने देखिँदैन । किनभने यी चारवटै गाडीमा उस्तै उस्तै साइजको मोटर, ब्याट्री र रेन्ज उपलब्ध हुनेछ ।

यी ४ मध्ये एमजी एस फाइभ रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । एस फाइभ बाहेक सबै मोडल फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध छन् ।

मूल्य

यी चार मध्ये सबैभन्दा ठूलो फरक मूल्यमै देख्न पाइन्छ । मूल्यका हिसाबले सबैभन्दा महँगो एमजी एस फाइभ हो । तर, एस फाइभको कम मूल्यको डिलक्स भेरियन्ट पनि उपलब्ध छ । यसको सुरूवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । हामीले यहाँ एस फाइभ लग्जरी भेरियन्टको मूल्य लिएका छौं ।

माथिको मूल्य अनुसार सबैभन्दा सस्तो मोडल नामी भिगो हो । त्यसपछि इमास सेभेन र बीवाइडी एटो टु आउँछ । मूल्यका हिसाबले महँगो मोडल चाहिँ एमजी एस फाइभ देखिन्छ ।

क्याबिन फिचर

स्वभाविक रूपमा एमजी एस फाइभ क्याबिन फिचरमा अब्बल देखिन्छ । यसमा अन्य ३ मोडलमा नभएको हिटेड र भेन्टिलेटेड सिट दिइएको छ ।

यी चारवटै एसयूभीमा सुरक्षा र चालक सुविधाको लागि एडास लेभल टु फिचर प्रदान गरिएको छ । स्टेयरिङ ह्वील चार वटै गाडीमा फरक डिजाइनको पाउन सकिन्छ ।

सबैभन्दा ठूलो इन्फोटेन्टमेन्ट स्क्रीन इमास सेभेनमा पाउन सकिन्छ भने अन्य तीन वटै मोडलमा समान साइजको स्क्रीन प्रयोग भएको देखिन्छ ।

सुरक्षा फिचर

विद्युतीय कार भएको कारण सुरक्षा फिचरमा पनि सबै मोडल अब्बल नै मानिन्छन् । कम्पनीहरूले आफ्नो एसयूभीलाई अब्बल बनाउन कुनै कसर बाँकी राखेको देखिँदैन ।

यी बाहेक सबै एसयूभीमा अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक्स ब्रेक डिस्ट्रीब्यूसन, इलेक्ट्रोनिक्स स्टेबिलीटी कन्ट्रोल, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटर जस्ता सुरक्षा फिचर चारवटै मोडलमा उपलब्ध छन् ।

साइज

गाडी किन्ने निर्णयमा साइजले पनि धेरै महत्व राख्छ । जति ठूलो गाडी त्यति नै राम्रो जस्तो मान्यता हाम्रो समाजमा चल्दै आएको छ । त्यसैले उपभोक्ताले गाडी छनोट गर्दा गाडीको साइज पनि हेर्छन् । अझ सानो पार्किङ भएको मानिसको लागि निकै महत्वपूर्ण हुन्छ ।

निष्कर्ष

यी ४ वटै एसयूभी नेपाली बजारमा उपलब्ध ईभी मध्ये उत्कृष्ट छन् । ठूलो साइज भए पनि इन्ट्री भेरियन्ट भएको कारण इमास सेभेनमा केही फिचर कम छन् । अन्य तीन मोडल फिचर लोडेड छन् ।

एउटै साइजका तीन एसयूभी मध्ये फिचरको लागि एमजी एस फाइभ उत्कृष्ट छ । होइन ग्राउण्ड क्लियरेन्स पहिलो कुरा हो भन्नेले एटो टु छान्दा पछुताउनु पर्दैन । कम पैसामा नै कम्प्याक्ट साइज एसयूभी किन्छु भन्नेलाई नामी भिगो उत्कृष्ट मोडल हो ।


Back_to_top