काठमाडौं । सरकारले सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर थप १ रुपैयाँ कर लगाउने भएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संसदमा प्रस्तुत गरेको बजेटमा उक्त करको व्यवस्था गरेका हुन् ।
सडक पूर्वाधार निर्माणका लागि बजेट अभाव नहोस भनेर यस्तो व्यवस्था गरिएको अर्थमन्त्रीले बताएका छन् । यसले डिजेल तथा पेट्रोलको मूल्य वृद्धि हुने भएको छ ।


