काठमाडौं । सरकारले सार्वजनिक यातायातको व्यवस्थापनका लागि सार्वजनिक सवारीमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) अनिवार्य गर्ने भएको छ । सार्वजनिक सवारीलाई व्यवस्थित गर्न बजेट मार्फत अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै सार्वजनिकलाई व्यवस्थित गर्न मुख्य सहरहरुमा बहुतले पार्किङ बनाइने छ । बजेटमा मार्फत सार्वजनिक यातायात व्यवस्थापनका लागि अर्थमन्त्री युवराज खतिवडाले १ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।


