काठमाडौं । बहुप्रतिक्षित हिरो एक्सपल्स २१० नेपालमा आइपुगेको छ । सीजी मोटर्सले नाडा अटो शो २०२५ मै प्रदर्शन गरेको मोटरसाइकल अब भने बिक्रीका लागि नेपाल ल्याएको हो ।
लामो समयदेखि नेपालमा परीक्षणसँगै बिक्रीका लागि तयारी गरिरहेको कम्पनीले अहिले भने ‘सीकेडी’ युनिट नेपाल भित्र्याएर एसेम्बल सुरू गरिसकेको छ ।
सम्भवतः हिरो एक्सपल्स २१० जेठ महिनाको अन्तिम साता वा असारको पहिलोहप्तामा बिक्री तथा डेलिभरी सुरू हुने कम्पनी स्रोतले जानकारी दियो ।
मूल्यका बारेमा आधिकारिक जानकारी बाहिर नआएता पनि यो मोटरसाइकल ६ लाख हाराहारीमा बिक्री सुरू हुने अनुमान गर्न सकिन्छ । डबल पर्पस मोटरसाइकल एक्सपल्सले यो सेग्मेन्टमा सीएफमोटो डुअल २५०, मोर्बिडेली २५० एक्स एड्भेन्चर जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि यसको मूल्य निकै आकर्षक हुने अनुमान समेत गर्न सकिन्छ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ । यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।
इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।


