काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट हाइब्रिड कारमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशतले छुट दिएसँगै नेपाली बजारमा अब हाइब्रिड कार आयातले प्राथमिकता पाउने देखिएको छ ।
यस्तोमा नेपाली बजारमा सबैभन्दा पहिला आउने हाइब्रिड कार होडा एकर्ड र टोयोटा प्रियस हुने देखिएको छ । यी दुबै कार अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएका छन् । दुबै कम्पनीले आ–आफ्नो कारलाई २०१९ मोडलको रुपमा बजारमा उतारेका छन् ।
अहिले पनि नेपाली बजारमा दुबै कारको केही युनिट उपलब्ध रहेका छन् । हाम्राे अनुमान अनुसार टोयोटा प्रियस ३ युनिट नेपाली बजारमा रहेको छ भने, होन्डा एकर्ड १ युनिट रहेको छ । यस्तोमा सरकाले दिएको सुविधा अनुसार यि दुबै मोडलका कार नाडा अटो शो २०१९ मा नेपाल आउने आँकलन गरिएको छ ।
नेपाली बजारमा होन्डाका उत्पादन ज्योति समूह अन्तर्गतको स्याकार कम्पनी प्रालिले बिक्री गर्दै आएको छ भने टोयोटाका उत्पादन बैद्यज् अर्गनाइजेशन अन्तर्गतको यूनाइटेड ट्रेर्डस सिन्डिकेटले बिक्री वितरण गर्दै आएको छ ।
के हो हाईब्रिड कार ?
हाइब्रिड कार यस्तो गाडी हो जसमा कम्बस्चन इन्जिन र इलेक्ट्रीक मोटर दुबै लगाइएको हुन्छ । कारमा डिजेल वा पेट्रोल इन्जिनको साथमा इलेक्ट्रीक मोटर लाइएको हुन्छ । यसमा पेट्रोलीयम पदार्थ र व्याट्री दुबैको प्रयोगबाट गाडी चलाउन सकिन्छ ।
यसको अर्को महत्वपूर्ण पाटो भनेको बिना बिजुलीको प्रयोग व्याट्री चार्ज गर्न सकिन्छ ।


