नयाँ चालकले गाडी चलाउदा ध्यान दिनु पर्ने १० कुरा

 काठमाडौं । सररर… कार चलाउनु प्रायः सबैको सपना हो । सपना पुरा गर्नकै लागि कार चलाउन सिक्ने, कार किन्ने मानिसको संख्या पनि बढ्दै गएको छ । रहर, इच्छा र चाहाना अनुरुप कार चलाउन सर्वप्रथम कार राम्ररी चलाउन सिक्नुपर्छ । 

नेपाली सडकमा कार चलाउन निकै चुनौतिपूर्ण मानिन्छ । यस्तोमा नयाँ चालकले केही कुराहरु ध्यानमा राख्न सक्ने हो भने गाडी चलाउन सहज हुनेछ । त्यसैले नयाँ गाडी चलाउन सिक्नेहरुको लागि केही टिप्स यस्तो रहेको छ । 

कारसँग निकतम सम्बन्ध

भर्खर कार सिक्दै गरेकाहरुले कारसँग एकदम नजिकको सम्बन्ध स्थापित गर्नुपर्छ । कारको क्लच, गियर एरेन्जमेन्ट, लोअर गियर स्पीडलगायतको विशेषताबारे जानकारी लिनुपर्छ । कारको सामान्य जानकारी पहिला नै लिएपछि कार चलाउन केही सहज हुने गर्छ । 

सिटको पोजिशन 

कार चलाउन सिक्न बस्नु पुर्व ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो, सिटको पोजिशन । लर्नर ड्राइभरले सिटको पोजिशन मिलाउन सक्दैन । फलस्वरप, कम्फर्ट र नियन्त्रणको अभावको कारण दुर्घटना हुने संभावना उच्च बनिदिन्छ  । सुरक्षित ड्राइभिङको लागि आफु बसेको सिटबाट सहजै चारैतिर हेर्न सकिने हुनुपर्छ भने, सिटको हाइट र विन्डशिल्डको हाइट बराबर राख्नु पर्छ । 

डिस्ट्राक्शन त्याग्ने

सिटमा बसेपछि चालकले साइड मिरर मिलाउनु पर्छ, सिट वेल्ट बाध्नु पर्छ, भने अन्य महत्वपूर्ण कुरा बारे सजग रहनु पर्छ । ट्राफिक जाम, मानिसको भिडभाड र सडकको अवस्थाबारे बुझ्नु पर्छ । चालकले हरेक, सेकेन्ड ड्राइभिङमा ध्यान दिनुपर्छ । ड्राइभिंगको समयमा फोनको प्रयोग गर्नु हुन्न भने, मादक पदार्थ सेवन गर्नु हुदैन । यतिमात्रै नभई, अन्य सवारी साधनले बजाएको हर्न नै नसुन्ने गरि गित बजाउँनु हुँदैन । 

प्याडल र सिटको सम्बन्ध

चालकले प्याडलसम्म खुट्टा पुग्ने गरि सिटको अवस्थामा मिलाउनु पर्छ । खु्टाले ब्रेक लगाउन, क्लच थिच्न सहज हुनेगरि सिटको सेटिंग गर्नु पर्छ । घुडालाई जहिले पनि १२९ डिग्रीको कोणमा राख्नुपर्छ । 

स्टेयरिंग ह्वीलको पोजिशन

स्टेयरिंग ह्वील कसरि समात्ने भन्ने निश्चित मापदन्ड त छैन । यद्यपी, कारलाई सहि तरिकाले नियन्त्रण गर्न तथा संचालन गर्नको लागि पनि स्टेयरिंग ह्वीलको पोजिशन राम्रोसँग मिलाउनु पर्छ । 

टर्निङ सिग्नलमा विशेष ध्यान दिने

सिकारु चालकले सडकमा दिएका महत्वपूर्ण टर्निङ सिग्नललाई विशेष  ध्यान दिनुपर्छ । रोडमा दिएका सबै किसिमका सिग्नलको अर्थ बुझ्न्पर्छ । 

तिव्र गतिमा नहाँक्ने

भर्खरै कार सिक्दै गरेका चालकलले तिव्र गतिमा कार चलाउनु हुँदैन । सुरुवाति दिनमा नै तिव्र गतिमा कार चलाउनु वा चलाउन सिक्नु दुर्घटना हुने संभावनालाई बढवा दिनु हो । 

अन्य सवारीबीचको दुरी

हाल, उत्पादन भएका सबै कारमा पावरफुल ब्रेकिंग सिस्टम लगाइएको हुन्छ । तैपनि, सडकमा गुडेका अन्य कार बीचको दुरीतय गर्न नसके दुर्घटना हुने संभावना उच्च हुन्छ । सुरक्षीत ड्राइभिंगका लागि भने, चालकले आफ्नो अगाडिको सवारी र आफु बीचको दुरी कायम गर्नुपर्छ । 

धेरै हर्न नबजाउने

कतिपय चालकको धेरै हर्न बजाउने बानी हुन्छ । तर, उक्त बानीकै कारण अन्य चालक फस्टेड हुने गर्छन् । रोडमा ट्राफिक जाम भएको अवस्थामा वा अन्य कुनै कारण रोडमा जाम भएको समयमा धेरै हर्न बजाउनु भन्दा अतिरिक्त विकल्प रोज्न सक्नुपर्छ । 

शान्त दिमागमा ड्राइभिंग गर्ने

ड्राइभिंग गर्देै गर्दा दिमागमा अनावश्यक तनाव आउन दिनुहुँदैन । रिस, फ्रस्टेशन, ओपभर स्पीड जस्ता कारण दुर्घटना हुने संभावना उच्च बन्छ । सकेसम्म शान्त दिमागमा मात्रै ड्राइभिंग गर्नुपर्छ । 


Back_to_top