यस्तो देखियो मोडिफाइड टोयोटा फर्चुनर

टोयोटाको सफल एसयूभीको रुपमा परिचित फर्चुनर मोडिफाइड लुकमा आएको छ । अफ रोड क्षमता बाकेको फर्चुनर विभिन्न कस्टुमाइज किट सहित बजारमा आएको हो ।

मोडिफाइड फर्चुनरको फ्रन्टमा चिसेल्ड, स्क्वारर प्रोजेक्टर हेडल्याम्पसंगै एलइडी डे टाइम रनिंग लाइट, आक्रामक बम्पर लगाइएको छ । यस्तै यसमा बोनेट स्कुप एक्सटेन्सन, ग्रिलको टपमा रेड हेडलाइट, फ्रन्ट बम्पर लगाइएको छ । कारको साइडमा क्लेडिंग बोल्टेड अन, ब्लाक फिनिश पिलर र ग्लास, फ्लेयर्ड ह्वील आर्क, न्यूली डिजाइन अलोय ह्वील, फुटप्रिन्ट दिइएको छ । 

यस्तै आकर्षक टेलल्याम्प, डबल एक्जस्ट पाइप, रियर बम्पर, टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमको विशेषता मोडिफाइ फर्चुनरमा दिइएको छ । यसको कस्मेटिक परिमार्जनको लागि ४ लाख ५० हजार भारु खर्च भएको जनाइएको छ ।

मोडिफाइड फर्चुनरमा ३.० लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिइएको छ । यसले १७१ पीएस पावरका साथै ३४३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ । हाल बजारमा यो एसयूभी २.७ लिटर पेट्रोल र २.८ लिटर डिजेल इन्जिन अप्सनमा बिक्री हुदै आएको छ ।


Back_to_top