काठमाडौं । स्कोडाको नयाँ फेसलिफ्ट कुशाक छिट्टै नेपालमा बिक्री सुरू हुने भएको छ । एमएडब्लू स्कोडाले नेपालमा बिक्री गर्ने तयारी थालेको कुशाक पहिलेभन्दा धेरै कुरामा परिवर्तन भएर आएको हो ।
कम्पनीका अनुसार पहिलो पुस्ताको कुशाकमा भएको प्लेटफर्म र इन्जिन संरचना जोगाउँदै फेसलिफ्ट भर्सनमा डिजाइन, क्याबिन र अन्य कुरामा सुधार गरिएको छ । नयाँ फ्रन्ट ग्रिल, नयाँ एलईडी लाइट, नयाँ डिजाइन गरिएको अलोय ह्वील नयाँ कुशको बाहिर देखिने परिवर्तन हो ।
त्यसैगरी, अपडेटेड इन्फोटेनमेन्ट, डिजिटल क्लस्टर, प्यानोरामिक सनरुफ र टप भेरियन्टमा दिइएको मसाज सिटले यसलाई पहिलेको भन्दा सुविधा सम्पन्न बनाएको छ । तथापि, मुख्य मेकानिकल परिवर्तनको रुपमा नयाँ ८ स्पिड अटोमेटिक गियरबक्स मात्रै परिवर्तन भएको छ ।
कुशाक फेसलिफ्टमा इन्जिन पुरानै १.० लिटर टीएसआई नै उपलब्ध हुनेछ । गियरबक्स परिवर्तन भएकोले प्रयोग अनुभव र माइलेजमा भने सुधार हुनेछ ।

यसमा रहेको १.० लटर टीएसआई टर्बो इन्जिनले अधिकतम ११५ पीएस पावर र १७८ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसको म्यानुअल भेरियन्टमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
नेपालको लागि किन उपयुक्त ?
नेपालको सन्दर्भमा कुशाकले प्रदान गर्ने पावर डेलिभरी, सडकको अवस्था, ग्राउण्ड क्लियरेन्स, साइज र ड्राइभिङ क्यारेक्टरको कारण उपयुक्त हुने देखिन्छ ।
यसमा १८८ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । जसले स्पीड ब्रेकर, खाल्डाखुल्डी, कच्ची र हाइवेमा ढुक्कसँग चलाउने कन्फिडेन्ट प्रदान गर्छ ।
सानो इन्जिन भएको कारण वार्षिक कर कम लाग्छ । लो–एन्ड टर्क राम्रो प्रदान गर्छ । ओभरटेक गर्दा आत्मविश्वास बढ्छ । पहाडी सडकमा पनि पावर कमजोर लाग्दैन । सहरी क्षेत्रमा चलाउन पनि निकै सहज लाग्छ ।
स्कोडा कारको बलियो पक्ष प्रायः ड्राइभिङ डाइनामिक्स, हाई स्पिड स्टेबिलिटी, स्टेयरिङ फील र केबिन क्वालिटी हुने गर्छ। त्यसको फाइदा नयाँ कुशाकमा पनि चालकले पाउने छन् ।

इन्टेरियरमा के के भयो परिवर्तन ?
इन्टेरियरमा केबिन पुरै नयाँ अनुभव गर्न सकिन्छ । अपडेटेड इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र प्यानोरामिक सनरुफले धेरैलाई लोभ्याउँछ । डुअल कलर एम्बियन्ट लाइटिङ, इलेक्ट्रिक र भेन्टिलेटेड फ्रन्ट सिट, रियर सिटमा मसाज फङ्सन जस्ता प्रिमियम फिचरका कारण चालक राखेर गाडी चढ्नेको लागि यो एसयूभी बोनस भएर आएको छ ।
बाहिरी डिजाइनमा भएका मुख्य परिवर्तन
पहिलेको कुशाकको आधारभूत सिल्हुट उस्तै रहे पनि फ्रन्ट फेसियामा परिवर्तन भएको छ । स्कोडाको नयाँ ‘मोर्डन सोलिड’ डिजाइनसँग मिल्ने ग्रिलमा आएको छ । एलईडी हेडल्याम्प र डे टाइम रनिङ लाइटमा परिमार्जन पाउन सकिन्छ ।
अगाडिको बम्परलाई थप बोल्ड र प्रिमियम लुक दिन पुनःडिजाइन गरिएको छ । १७ इन्चको ड्युअल टोन अलोय ह्वील प्रदान गरिएको छ । पछाडिको टेल ल्याम्प पनि परिवर्तन गरिएको छ ।
एमएडब्लू स्कोडाले नयाँ कुशाकलाई असार महिनामै बिक्री थाल्ने योजना बनाएको छ । तर, यसको मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।


