ट्रायम्फ मोटरसाइकल नेपालको ‘एपेक्स राइड’ सम्पन्न

काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ सम्पन्न गरेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले विश्व मोटरसाइकल दिवसको अवसरमा असार ७ गते उक्त राइड सम्पन्न गरेको हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय ट्रेलहरू हुँदै आयोजना गरिएको यस विशेष एकदिने राइडमा ट्रायम्फ मोटरसाइकल राइडरहरू सहभागी भएका थिए।

यो राइड बुढानीलकण्ठ, डाँडागाउँ, सांग्ला, लिखुखोला र समुद्रदेवी हुँदै शिवपुरी पुगको थियो । सहभागीहरूले रमणीय सडकहरू, शीतल ट्रेलहरू, नदीकिनारका मार्गहरू, आउटडोर राइडिङ अनुभवहरूको अविस्मरणीय अनुभव गरे ।

राइडिङको उत्साहलाई उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले राइडरहरूलाई सहरको व्यस्तताबाट केही समय टाढा रहने अवसर प्रदान गरेको कम्पनीको भनाइ छ ।

सुन्दर सडक, रोमाञ्चक ट्रेल खण्डहरू, राइडरहरू बीचको आत्मीयता तथा नेपालमा विस्तारिँदै गएको ट्रायम्फ राइडर समुदायको साझा उत्सवले यस राइडलाई विशेष बनाएको थियो।

राइडपछि साँझ काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेमा ट्रायम्फ नेपालद्वारा विशेष साँझ कार्यक्रम आयोजना गरेको थियो । उक्त साँझमा गत वैशाख १२ देखि १८ सम्म सम्पन्न ट्रायम्फ नेपाल एपिक राइड-मनाङ एडिसनको भिडियो प्रिमियर थियो । जसले राइडरहरूलाई ट्रायम्फ नेपालको सबैभन्दा अविस्मरणीय साहसिक यात्रामध्ये एकलाई पुनः स्मरण गर्ने अवसर प्रदान गरेको थियो।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यो राइडले ट्रायम्फ राइडरहरूलाई एकै ठाउँमा भेला हुने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने, आफ्ना कथाहरू बाँड्ने अवसर जुराएको बताए ।

‘हामीले यो राइडलाई केवल मोटरसाइकलको मात्र नभई समुदायको उत्सव बनोस् भन्ने चाहेका थियौँ । ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ ले ट्रायम्फ राइडरहरूलाई एकै ठाउँमा भेला हुने, स्फूर्तिदायी ट्रेलहरूको अनुभव गर्ने, आफ्ना कथाहरू बाँड्ने र मोटरसाइकल यात्राको वास्तविक रोमाञ्च अनुभव गर्ने अवसर दियो। हाम्रो लागि सधैं विशेष कुरा भनेको राइडरहरू आफ्नो मोटरसाइकलसँग मात्र होइन, यात्राका दृश्य, सम्पूर्ण यात्रा र एक अर्कासँग पनि जोडिएको देख्नु हो,’ उनले भने ।


Back_to_top