५६ लाखमै आयो ७ सिटे डेरियन एमपीभी, आकर्षक छुट पाइने

काठाडौं । नेपाली बजारमा वुलिङको ७ सिटे एमपीभी डेरियन ईभी सार्वजनिक भएको छ । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा डेरियन ईभी बिक्री सुरू गरेको हो ।

कम्पनीले डेरियन एमपीभीको आधिकारिक मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, नाइमा अफर अन्तर्गत ग्राहकले यसमा २ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

७ सिटे डेरियान एमपीभी लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि उत्कृष्ट विकल्प बनेको छ । यसमा ६९.२ किलोवाट आवकारे लिथियम
ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिनेछ ।

यसको लम्बाइ ४९१० एमएम, चौडाइ १८७० एमएम, उचाइ १७७० एमएम र ह्वीलबेस २९१० एमएम छ।

यसको दुवै साइडमा इलेक्ट्रिक स्लाइडिङ डोर, १२.८ इन्च टचस्क्रिन ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड क्याप्टेन सिट, ५० वाट वायरलेस फोन चार्जर इलेक्ट्रिक टेलगेट, भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ (भेरियन्ट अनुसार) उपलब्ध छ ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, टायर प्रेसर मोनिटरिङ लगायत फिचर छन् ।


Back_to_top