तयार हुँदै रेट्रो-स्टाइल इलेक्ट्रीक बाइक, यस्ता छन् विशेषता

रिजेन्ट मोटरसाइकल कम्पनीले रेट्रो–स्टाइलमा रिजेन्ट नम्बर १ इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले उत्पादन गरेको बाइकको प्रोटोटाइप हालै सार्वजनिक गरेको हो । 

सबैको आँखा तान्ने यो मोटरसाइक २०२० को मेदेखि बजारमा ल्याउने कम्पनीले जनाएको छ । बजारमा इलेक्ट्रीक मोटरसाइकलको माग बढ्न थालेपछि उपभोक्ताले डिजाइन र स्टाइलिस इलेक्ट्रीक मोटरसाइकल खोज्न थालेको बुझाई रिजेन्टको छ । 

उपभोक्ता र बजारमा त्यही मागलाई ध्यानमा राखेर स्वीडेनको मोटरसाइकल कम्पनी रिजेन्टले इनोभेटिभ रेट्रो इलेक्ट्रीक मोटरसाइकल बनाउने भएको हो । कम्पनीको पहिलो इलेक्ट्रीक मोडल रिजेन्ट नम्बर १ हुनेछ । 

रिजेन्ट नम्बर १ इलेक्ट्रीक मोरसाइकल गएको मेमा भएको स्वीडिस मोटरसाइकल फेयरमा सोकेस गरिएको थियो । यो मोटरसाइकल १ वर्षभन्दा कम समयमा बजारमा आउने छ । 

यो मोटरसाइकलमा ८ किलोवाट र १५ किलोवाटको पिक रेयर हव मोटर हुनेछ । यो मोटरसाइकलको टप स्पीड १ सय २० किलोमिटर प्रतिघण्टा हुने दाबी कम्पनीको छ । 

रिजेन्ट नम्बर १ मा एबीएससहित डिस्क ब्रेक, टच स्क्रिन इनस्ट्रुमेन्ट प्यानल, जीपीएससहितको एन्टी थेप्ट डिभाइसलगायत विशेषता हुनेछ । कम्पनीले यो मोटरसाइकलको प्रि–अडर लिन सुरु गरिसहेको छ । प्रि–अडर लिनेले मूल्यको १० प्रतिशत छुट पाउने छन् । यसको मूल्य ९ हजार ५ सय यूरो (१० हजार ८ सय अमेरिकी डलर) पर्ने अनुमान गरिएको छ । 

१० प्रतिशत छुट पहिलो १ सय मोटरसाइकलमा मात्र हुने कम्पनीको भनाई छ । यो मोटरसाइकलले फुल चार्जमा १ सय ५० किलोमिटर माइलेज दिनेछ । 


Back_to_top