काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ ।
सुरुवाती दिनदेखि नै भीडभाड देखिएको एक्स्पोमा शनिबार बिदाको दिन झन् धेरै मानिस पुगेका हुन् ।

मंगलबारदेखि सुरु भएको एक्स्पोमा अघिल्ला ४ दिनमै १ लाख ८ हजार बढी पुगिसकेका छन् ।
एक्स्पोमा ५५ भन्दा बढी ब्राण्डले सहभागिता जनाएका छन् । जहाँ ५३ नयाँ मोडल लन्च भएका छन् ।

एक्स्पोमा मुख्यगरी दुईपाँग्रे सवारी र ५० लाख मुनि मूल्यका कारमा उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्राण्डमा युवाको आकर्षण देखिएको छ ।

अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टीरग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् ।

कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।





