महिन्द्रा एडभेन्चरले इन्डियन नेशनल र्याली च्याम्पियनसीपमा आफ्नो नयाँ एसयूभी ‘एक्सयूयीभी–३००’ प्रयोग गर्ने भएको छ । विगतका वर्षहरुमा प्रयोग गर्दै आएको एक्सयूभी ५०० लाई प्रतिस्थापन गर्दै कम्पनीले आफ्नो नयाँ एसयूभीको र्याली एडिसन सार्वजनिक गरेको हो । सो प्रतिस्पर्धाका लागि महिन्द्राले आफ्ना गाडीहरुलाई चेन्नाईतर्फ पठाइसकेको जनाएको छ । उक्त र्याली आगामि जुन २८ बाट शुरु हुन गईरहेको छ ।
उक्त र्यालीमा महिन्द्राले आफ्ना दुईवटा फ्रन्ट ह्वील ड्राईभ एक्सयूभी ३०० ग्राउण्डमा उतार्ने छ । जसमा एउटा १.२ लिटरको टर्बो चार्जयूक्त पेट्रोल तथा अर्को १.५ लिटरको टर्बो डिजल इन्जिन रहने छ । महिन्द्राका अनुसार इन्जिनलाई रिम्याप गर्नु बाहेक डिजल मोटरमा खासै परिवर्तन गरिएको छैन । तर १.२ लिटरको टर्बो चार्जयूक्त पेट्रोलमा भने ठूलो साईजको टर्बो जडान गरि इनटेक र एक्जस्ट सिस्टममा पनि केही सुधार गरिएको छ ।
महिन्द्राले यस र्यालीमा पहिलाको एक्सयूभी ५०० भन्दा एक्सयूभी ३०० ले राम्रो पर्फमेन्स गर्ने आशा गरेको जनाएको छ ।

