१५० सीसीभन्दा कम क्षमताका बाइक तथा स्कुटरको भारतमा उत्पादन बन्द हुने !

भारतमा दोस्रो कार्यकालको लागि नरेन्द्र मोदीको नेतृत्वमा सरकार निर्माण भएसँगै १५० सीसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटर निर्माणमा रोक लगाउने कुरा अगाडि आएको छ ।

भारतको नीति आयोगले सन् २०२५ सम्ममा यस्ता सना इन्जिन क्षमताका सबै बाइक तथा स्कुटर बन्दगरि इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने विषयमा छलफल गरिरहेको छ । 

केही दिनअघि प्रधानमन्त्री मोदीले बजाज, हिरो, होन्डा र टीभीएसका कार्यकारी प्रमुखलाई बोलाएर यस्ता साना सवारीसाधनलाई इलेक्ट्रीकमा लाने तयारीको विषयमा छलफल गरेका थिए । 

त्यस छलफलपछि नीति आयोगले सबै दुईपाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनीलाई आफ्नो भावि रणनीति अनुसार एक हप्ता भित्र प्रस्ट प्लानसहित आउन भनेको छ ।

मोटरसाइकल बढ्दो प्रदुषणको मुख्य कारक भएको मान्दै अब साना सीसीका सवारीसाधन अनिर्वाय इलेक्ट्रीक गर्न लागिएको हो । नीति आयोगले यस विषयमा छलफल गर्न शुक्रबार बैठक बोलाएको छ ।


Back_to_top