काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चालु आर्थिक मसान्त भित्रै काठमाडौंका सडकलाई व्यवस्थीत पार्ने बताएका छन् । उनले विहिबार विकास समितिको वैठकमा बोल्दै चालु आर्थिक वर्षभित्रै काठमाडौंका सडक व्यवस्थीत बनाइने बताएका हुन् ।
सडकका सबै खाल्टाखुल्टी पुरीने र धुलो नउड्ने गरि व्यवस्थीत बनाउने बताउँदै यही मसान्तसम्ममा काठमाडौं सडक व्यवस्थापन काम सकिने जानकारी दिए ।
‘हामी यही आर्थिक मसान्तसम्ममा काठमाडौंलाई व्यवस्थीत गर्ने काम गरिरहेका छौँ,’ मन्त्री महासेठले भने ।
यस्तै उनले महाराजगन्ज, चाबहिल, गौशाला, कलंकी र थापाथली सडकलाई थप व्यवस्थीत गर्न लागिएको समेत स्पष्ट पारे ।
चालु आर्थिक वर्षभित्रै यी सडक व्यवस्थीत बनाउन अन्डरपास तथा फ्लाई ओभर मध्य के बनाउने हो छलफल भइरहेको मन्त्री महासेठले जानकारी दिए ।
उनले त्यसका लागि अध्ययनको प्रकृया यही चालु आर्थिक मसान्त भित्रै सुरु गरिने समेत बताए ।
उक्त बैठकमा महासेठले काठमाडौं व्यवस्थीत बनाउनका लागि विभागबाट विभिन्न अध्ययनको काम समेत भइरहेको जानकारी दिए ।

